arrow

सन् २०२३ मा जर्मनीको आर्थिक वृद्धिदर थप खुम्चिने प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
german-ecomomic.jpg

काठमाडौं । जर्मनी सरकारले उच्च मुद्रास्फीति, उच्च ऊर्जा मूल्य र विनिर्माण मन्दीसँग जुधिरहेका बेला यूरोपको शीर्ष अर्थतन्त्र यस वर्ष खुम्चिने अनुमान गर्दै बुधबार आफ्नो आर्थिक वृद्धिदरको पूर्वानुमानमा कटौती गरेको छ । 

अर्थतन्त्र मन्त्रालयले आफ्नो पछिल्लो प्रक्षेपणमा उत्पादन ०.४ प्रतिशतले खुम्चिने जनाएको छ । 

बर्लिनले अप्रिलमा सन् २०२३ मा ०.२ प्रतिशतको आर्थिक वृद्धिहुने प्रक्षेपण गरेको थियो भने यसबाट पनि थप ०.४ प्रतिशतको गिरावट आउने बताइएको छ । 

गत वर्ष रूसले युक्रेनमा गरेको आक्रमणले मुद्रास्फिति र विशेषगरी ऊर्जाको लागत बढेपछि जर्मनीको अर्थतन्त्रले गम्भीर सङ्कटको सामना गर्नुपरेको छ । 

ऊर्जाको अभाव झेलेको उत्पादन क्षेत्रमा आएको मन्दी, प्रमुख व्यापारिक साझेदार चीनको कमजोरी र उपभोक्ताको मूल्यमा आएको उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले युरो क्षेत्रमा आक्रामक ब्याजदर वृद्धिका कारण यो सङ्कट झनै जटिल बनेको छ । 

“कठिन भूराजनीतिक वातावरणमा हामी अपेक्षा गरेभन्दा निकै सुस्त गतिमा सङ्कटबाट बाहिर निस्किरहेका छौं,” अर्थमन्त्री रोबर्ट हेबेकले एक विज्ञप्तिमा भनेका छन् । 

जर्मनीको अर्थतन्त्र यस वर्षको अन्त्यतिर मन्दीमा फसेको थियो र त्यसपछि दोस्रो त्रैमासिकमा शून्य वृद्धि दर हासिल गर्दै आफ्नो खुट्टामा फर्कन संघर्ष गरिरहेको छ ।

सरकारको यो भविष्यवाणी हालैका अन्य निराशाजनक अनुमानसँग मिल्दोजुल्दो छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने प्रमुख अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ । 

सरकारले सन् २०२५ मा १.५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ भने अर्को वर्ष १.३ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । 

मुद्रास्फीति यस वर्ष ६.१ प्रतिशत रहने अनुमान गरिएको छ भने अर्को वर्ष २.६ प्रतिशत र सन् २०२५ मा दुई प्रतिशतमा झर्ने अनुमान गरिएको छ । 

हेबेकले ‘आगामी वर्षका लागि, हामी फेरि वृद्धिको आशा गर्दछौं’ भन्दै यस बर्षको आर्थिक वृद्धिको परिणामप्रति निराशा व्यक्त गरे । 

“दिगो आर्थिक पुन: उत्थानको लागि कार्यक्रम तयार गरिएको छ :  मुद्रास्फीतिमा गिरावट उच्च छ र यसको साथमा वास्तविक आय फेरि बढिरहेको छ ।

अप्रिलमा अन्तिम आधिकारिक पूर्वानुमान जर्मनीले अपेक्षा गरेभन्दा न्यून ऊर्जा सङ्कटको सामना गरेको र आर्थिक वृद्धिका लागि आशा बढ्दै गएको बेला आएको थियो, केही सूचकहरूले औद्योगिक पुन : उत्थानलाई इङ्गित गरेका थिए ।

तर हालैका महिनाहरूमा बढ्दो अर्थव्यवस्थाले मन्दीमा फर्कन सक्ने अपेक्षाका साथ यो तस्वीर फेरि बिग्रिएको छ ।

उर्जा सङ्कट अपेक्षा गरिएभन्दा कम देखिएको छ यद्यपि ऊर्जा मूल्यहरू अझै पनि युक्रेन युद्ध अघिको तुलनामा धेरै उच्च छन् । सेप्टेम्बरमा मुद्रास्फीति ४.५ प्रतिशतमा खुम्चिएको भए तापनि यो उच्च रहेको छ । 

बिग्रँदो आर्थिक अवस्थाले जर्मनी फेरि एकपटक ‘युरोपको बिरामी’ हो कि होइन भन्ने बारेमा बहसको नेतृत्व गरेको छ । सन् १९९० को दशकको उत्तरार्धमा जर्मनीले पुन: मिलनको महङ्गो परिणामसँग जुधिरहेको अवस्थासँग अहिलेको आर्थिक अवस्थालाई तुलना गरिएको छ । 

तर केही विश्लेषकहरूले भने चुनौतीका बावजुद श्रम बजार अझै मजबुत रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ