arrow

जर्मनीले पुनः शुरु गर्‍यो साउदी अरबमा हतियार निर्यात 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
weapon-military-aircraft.jpg

काठमाडौँ । जर्मनीले सन् २०१८ देखि लगाइएको नाकाबन्दी अन्त्य गर्दै मिसाइलको बिक्रीलाई स्वीकृति दिएर साउदी अरबलमा सिधै हतियार निर्यात पुनः शुरु गरेको सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले बुधबार बताएका छन् । 

हेबेस्ट्रेइटले जर्मन साप्ताहिक स्पिगलको प्रतिवेदनलाई पुष्टि गरेका हुन्  । 

प्रतिवेदनमा बर्लिनले साउदी अरबलाई एक सय ५० आइरिस-टी एयर-टु एयर मिसाइल निर्यातका लागि हरियो सङ्केत दिएको उल्लेख छ । 

“यो प्रतिवेदनको विवरण सही छन्”, नियमित सरकारी समाचार सम्मेलनमा हेबेस्ट्रेइटले भने, “नयाँ स्वीकृत आइरिस-टी मिसाइलहरू हवाई लक्ष्य अर्थात मिसाइल, ड्रोन आदिमाथि विमानबाट हान्न सकिन्छ ।”

स्पिगलका अनुसार जर्मन समूह डाइहल डिफेन्सले निर्माण गरेको मिसाइलहरूको निर्यातको मञ्जुरी गत वर्षको अन्त्यमा दिइएको थियो । 

इस्तानबुलमा साउदी वाणिज्य दूतावासमा असन्तुष्ट पत्रकार जमाल खशोगीको सन् २०१८ मा हत्या भएपछि जर्मनीले रियादलाई हतियार बिक्री रोकेको थियो । 

यद्यपि बर्लिनले हालै साउदी अरबलाई हतिायर निर्यातमा आफ्नो अडानलाई कम गरेको छ । जर्मन सरकाले इजरेल-हमास युद्धमा साउदी अरबको ‘रचनात्मक दृष्टिकोण’ को प्रशंसा गरेको छ । 

साउदी अरबले हमाससँग युद्धको प्रारम्भपछि इजरेलसँगको सम्बन्धलाई सामान्य बनाउने योजना नछाडेको विदेशमन्त्री एनालेना बेयरबकले आइतबार बताएका थिए । 

रियादले यमनमा इरान समर्थित हुथी विद्रोहीद्वारा इजरेलमाथि प्रहार गरेको मिसाइलहरूलाई रोक्ने प्रयाससमेत गरेको थियो । 

बर्लिनले सोमबार साउदी अरबलाई युरोफाइटर जेटको निर्यातको अनुमति दिन पनि तयार रहेको बताएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ