arrow

ठोस शुरुआत गर्ने लक्ष्यसहित नेपाल दशरथ रंगशालामा लाओसविरुद्ध खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
nepali-football-team-2080-06-24.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । विश्वकप फुटबल छनोटको पहिलो लेगमा नेपालले आज लाओसविरुद्ध खेल्दैछ । खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे शुरु हुनेछ । दोस्रो लेग आगामी मंगलबार लाओसको मैदानमा हुनेछ । 

यो खेल एसिया कपको पनि छनोट रहेको छ । नेपालले आफूअनुकूल नतिजा निकाल्नेमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस ढुक्क देखिन्छन् । लाओस नेपालका लागि त्यस्तो प्रिय प्रतिद्वन्द्वी हो जसका विरुद्ध नेपालले अहिलेसम्म हार बेहोर्नुपरेको छैन । 

दुई लेगको खेलमा जित निकाल्ने टिम एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । सिनियर अधिकांश खेलाडी अष्ट्रेलिया पलायन भएपछि केही युवा खेलाडीलाई समावेश गर्दै नेपालले टिम बनाएको छ । 

विश्वकप छनोटकै लागि भनेर लामो समयदेखि तयारी गरिरहेको प्रशिक्षक एनिसले बताएका छन् । उनले नेपालले विगतभन्दा फरक फुटबल खेल्ने दाबी गरेका छन् । उनले नेपाली टिम ट्याक्टिकल र फिजिकल रुपमा निकै बदलिएको दाबी गरेका छन् ।  

कप्तान किरण चेम्जोङ समेत लाओसविरुद्ध खेल्न आफूहरु तयारी अवस्थामा रहेको बताएका छन् । 

नेपाली टिममा अमृत श्रेष्ठ र सञ्जिव विष्टले पहिलो पटक स्थान बनाएका छन् भने विदेशमा व्यवसायीक फुटबल खेलिरहेका कप्तान चेम्जोङ सहित रोहित चन्द र मनिष डाँगी राष्ट्रिय टिममा यथावत छन् ।

नेपालले दोस्रो खेल लाओसको भेन्टियानामा मंगलबार खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ