arrow

नेपाल सम्वत् वागमती सभ्यता ‘जागरण’ कालको एक जीवन्त धरोहर : देउवा

logo
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
shere-bahadur-1.jpg.jpeg

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल सम्वतको नयाँ वर्ष ११३७ को अवसरमा शुभकामना दिएका छन् । नेपाल सम्वतको अवसरमा आइतबार सभापति देउवाले एक विज्ञप्ति जारी गरी देशवासीलाई शुभकामना दिएका हुन् ।

देउवाले विज्ञप्तिमा भनेका छन्, ‘वागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ । नेपाल सम्वत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो ।’

नेपाल सम्वतको नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शंखधर साख्वाको योगदानलाई सम्झाउँछ, देउवाले अगाडि थेपका छन्, ‘यसको प्रचलन तिनै समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो । शंखधर साख्वालाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेका छौं ।’ देउवाले आफ्नै धरतीबाट उठेको नेपाल सम्वतको नयाँ दिनले सबैमा प्रेरणा मिलोस् भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ