arrow

लाओससँग पछि पर्‍यो नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
nepal-laos-2080-06-25.jpg

काठमाडौँ । विश्वकप फुटबलको एसिया छनोटको पहिलो चरणको पहिलो लेगको खेलमा नेपालले लाओसविरुद्ध खेलिरहेको छ । 

दशरथ रंगशालाको घरेलु मैदानमा खेलिरहेको नेपाल मध्यान्तरसम्म १–० ले पछि परेको छ । लाओसका कप्तान बोनफाचन बौकोङ्गले खेलको ३३ औँ मिनेटमा आकर्षक गोल गर्दै लाओसलाई शुरुआती अग्रता दिलाएका हुन् । 

फिफा वरियतामा आफूभन्दा पछि रहे पनि लाओसले नेपाललाई दबाबमा राखेको छ । नेपाली टोलीबीच तालमेल हुन सकेको छैन । 

दुई लेगमा हुने पहिलो चरणमा सफल हुने टिम दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो लेग आगामी मंगलबार लाओसको मैदानमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ