arrow

अञ्जनको कीर्तिमानी गोलमा नेपालले खेल्यो लाओससँग बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
football-nepal-2080-06-25.jpg

काठमाडौँ । राष्ट्रिय फुटबल टिमका खेलाडीअञ्जन विष्टले नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । लाओसविरुद्धको विश्वकप छनोटको खेलमा गोल गर्दै अञ्जनले हरि खड्का र निराजन रायमाझीले राखेको १३ गोलको कीर्तिमानको बराबरी गरेका हुन् । 

दशरथ रंगशालामा बिहीबार नेपालका लागि १३ औँ व्यक्तिगत गोल पूरा गरेर अञ्जनले नेपाललाई हारबाट जोगाएका हुन् । नेपाल १–० ले पछि परेको अवस्थामा अञ्जनले ४८ औँ मिनेटमा नेपालका लागि बराबरी गोवल गरेका थिए । 

यसअघि लाओसका लागि ३३ औँ मिनेटमा कप्तान बोनफाचन बौकोङ्गले गोल गरेका थिए ।  

अब दोस्रो लेगको खेल आगामी मंगलबार लाओसको मैदानमा हुनेछ । जित्ने टिम विश्वकप छनोटको दोस्रो चरणमा पुग्नेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ