arrow

माछापुच्छ्रे बैंकले एक करोड बढी संस्थापक शेयर बेच्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
machhapuchhre-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । माछापुच्छ्रे बैंकका एक जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री खुला गरेका छन् ।

संस्थापक सुरेन्द्र महतोले आफ्नो नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता शेयर बिक्रीमा ल्याएका हुन् । यसमा माछापुच्छ्रेकै संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन । 

शेयर खरिद गर्न इच्छुक संस्थापकले असोज २५ गतेबाट ३५ दिनभित्र माछापुच्छ्रे बैंकको प्रधान कार्यालय पुतलीसडक काठमाडौँमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ