चाडबाडका बेला हुने दुर्घटना कम गर्न ट्राफिक अभियान
प्रिमेश शिवाकोटी,
प्रकाशित २०८० असोज २६ शुक्रबार
715
Shares
रौतहट । मधेस प्रदेशमा चाडबाडको बेला हुने सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सचेतना मूलक कार्यक्रम बिहीबार देखी शुरु गरेको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले रौतहटको चन्द्रनिगाहपुरबाट चेतना मूलक स्टिकर तथा पर्चा बाँडेर सचेतना मूलक कार्यक्रमको शुरुआत गरेका हुन ।
जिल्लाको चन्द्रनिगाहपुरमा स्थापना गरिएको यात्रु सहायता कक्षबाट शुरुआत भएको चेतना मूलक कार्यक्रम मधेस प्रदेशका आठै जिल्लामा सञ्चालन हुने प्रहरी उपरीक्षक भट्टराईले बताए ।
बिहीबारबाट मधेस प्रदेशमा ट्राफिक प्रहरीले चाडबाडका बेला हुने सवारी दुर्घटना ,बढी भाडा असुल्ने ,तीव्र गतिमा सवारी चलाउने तथा सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई लक्षित गरि स्टिकर तथा पम्पेलेट वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए ।
सवारी साधनाको छतमा बसेर यात्रा नगर्न ,फुटपाथ भएको सडकमा फुटपाथबाट मात्र हिँड्न अनुरोध गर्दै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमको पालना गर्न निरीक्षक आचार्यले आग्रह समेत गरेका छन् ।