arrow

कोशीमा पकड जमाएपछि शेखरले गरे सत्ता गठबन्धनलाई थप बलियो बनाउने सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २७ शनिबार
shekhar-koirala-morang-6-congress-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको छ । 

छलफलमा कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमत हुनुका साथै नेपाली कांग्रेस, माओवादी केन्द्र सहितका दलहरुको वर्तमान संयुक्त गठबन्धनप्रति थप दृढ र स्पष्ट रहेको प्रस्ट पार्दै यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित प्रतिवद्धता व्यक्त गरिएको छ ।

शेखर कोइराला निकटका कोशीका सांसद केदार कार्कीलाई मुख्यमन्त्रीको दावेदारी फिर्ता लिन प्रचण्ड र देउवाले पटक पटक दबाब दिए पनि शेखरले कुनै हालतमा नछाड्ने अडान लिएपछि हिजो नै मुख्यमन्त्रीको नियुक्ति कार्यक्रम आजलाई धकेलिएको थियो । 

कांग्रेसबाटै विद्रोह गर्दै कार्कीले एमालेको सहयोगमा दावेदारी पेश गरेपछि उनलाई कारबाही गर्ने अवस्थासम्म कोशी कांग्रेस संसदीय दलका नेता उद्धव थापा पुगेका थिए । 

तर संविधानको धारा १६८ को उपधारा ५ अनुसार दलीय ह्वीप पनि नलाग्ने भएपछि उनी पछि हट्न त बाध्य भए नै केन्द्रमासमेत प्रचण्ड र देउवासहितका केही शीर्ष नेताले कोठामा बसेर देश चलाएको ध्वाँसलाई चुनौती दिँदै कांग्रेसबाट विद्रोह गर्दै कार्की अगाडि बढेका थिए । 

अहिले उनै कार्की मुख्यमन्त्री भएका छन् । एमालेको समर्थनमा उनी मुख्यमन्त्री भए पनि केन्द्रको गठबन्धन भने नतोड्ने सहमति गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ