arrow

गोवर्धन पूजाः इन्द्रको आडम्बर र कृष्णको कूटनीति

logo
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
Govardhan-Parvat-Hindi.jpeg
काठमाडौं। हिन्दू क्यालेण्डर अनुसार दीपावलीको पछिल्लो दिन अर्थात् कात्तिक कृष्ण प्रतिपदाको दिन मनाईन्छ गोबर्धन पूजा। गोबर्धन पूजाको सन्दर्भ खोज्दै जाने हो भने एक पौराणिक कथा भेटिन्छ। जसमा भनिएको छ ‘कुनै समय देवराज इन्द्रलाई यस्तो अभिमान जाग्यो कि यदी मैले वर्षा गरिन भने पृथ्वीका सम्पूर्णको जीवन नास हुनेछ। यसही इन्द्रको अभिमानलाई परास्त गर्नको लागि भगवान श्री कृष्णले एउटा लीला रचे। 
 
इन्द्रको यही आडम्बर परास्त गर्ने बाटो खोजिरहेका श्री कृष्णले एक दिन आफ्नो नगरमा विविध विधी मार्फत् भगवान इन्द्रको पूजाको तयारी भईरहेको कुरा देखेपछि आफ्नी माता यशोदासँग यस विषयमा सोधे ‘आमा हामीले यो सबै पूजा कसका लागि गरिरहेका छौं ?’ कृष्णकी माता यशोदाले भनिन् ‘हामीले भगवान इन्द्रको पूजा गरिररहेका छौं। जसले हामीलाई पानी दिनुहुन्छ र हामीसँगै हाम्रा गाईहरु पनि यही पानीका कारणले बाँचिरहेका छन्।’ 
 
त्यसपछि भगवान् कृष्णले भने ‘हामीकहाँ त गोवर्धन पर्वतका कारणले पानी परेको छ र हाम्रा गाईहरु त्यसैको फाँटमा चरेर बाँचिरहेका छन् । तर हामी भने गोबर्धन पर्वतको पूजा नगरेर मेघराज इन्द्रको पूजा किन गर्छौ ?’ यही प्रकारले समस्त ब्रजबासी सबैलाई श्री कृष्णले आफ्नो मायाको प्रभावमा पारेर मेघराज इन्द्रको ठाउँमा गोबर्धन पर्वतको पूजा गर्न लगाए। 
 
मेघराज इन्द्रको पूजाको निम्ता मान्न त्यहीबेला नारद मुनि पनि त्यही आईपुगे। उनले इन्द्रको पूजा हुनुपर्नेमा यो वर्ष गोबर्धन पर्वतको पूजा भएको देखेपछि तत्कालै ब्रजबासीसँग नारदले सोधे ‘इन्द्रोज यज्ञ छाडेर किन तिमीहरु गोबर्धन पूजाको लागि तयार भईरहेका छौं ? के यस वर्ष तिमीहरु कसैलाई पनि वर्षाको जरुरी छैन ?’ 
 
ब्रजबासीले भने ‘होइन मुनी, यदि हामीलाई वर्षाको जरुरी थिएन भने हामी यो पूजा किन गरिरहन्थ्यौ ?  त्यसपछि नारदले भने ‘त्यसो भए मेघराजको ठाउँमा अब गोबर्धनले वर्षा गरिदिन्छ त ?’ यो सुनेर ब्रजबासीहरूले श्री कृष्णको कुरा सुनेर यस्तो गरेको भनेपछि नारद इन्द्र लोकमा पुगेर सबै बृत्तान्त सुनाए। 
 
यसरी नारदको कुरा सुनेर क्रुद्द बनेका देवराज इन्द्रले भीषण वर्षा गराएर बदला लिने योजना रचेर भीषण वर्षा गराईदिए। कृष्णको कुरा सुनेर गोबर्धनको पूजा गर्दा यस्तो हविगत भएको देखेपछि गाउँलेले कृष्णलाई विभिन्न लान्छना लगाउन थाले। त्यो लान्छना बढ्दै गएपछि कृष्णले आफ्नो बाँसुरी कम्मरमा भिरेर उक्त गोबर्धन पर्वतलाई उचालेर सबै ब्रजबासीलाई त्यसैमा बस्न आग्रह गरे। 
यो देखेपछि इन्द्रलाई झनै रिस उठ्यो र पानीको बेग झनै बढाईदिए । इन्द्रको अपमान गर्नको लागि कृष्णले सुदर्शनचक्रलाई भने कि ‘तिमी गोबर्धन पर्वतको माथि बसेर पानीको नियन्त्रण गर र ब्रजबासीको रक्षा गर।’ त्यस्तै प्रकारले श्री कृष्णले शेष नागलाई भने ‘तिमी आफ्नो फँडा फिँजाएर पानीको नियन्त्रण गर। 
 
यसरी सबैले आ–आफ्नो तर्फबाट ब्रजबासीको रक्षा गरे। यो भीषण वर्ष ७ दिनसम्म चल्यो। ७ दिनपछि बालक श्री कृष्णसँग हार मानी इन्द्रले पानी रोकिदिए। जुन सातौदिन पानी रोकिएपछि श्री कृष्णले गोबर्धन पर्वत बिसाएका थिए। त्यो दिन कार्तिक कृष्ण प्रतिपदाको दिन थियो। त्यसैले यो दिन गोबर्धन पर्वत र यो घटनाको सम्झनाको लागि गोवर्धन पर्वतको पूजा गरिएको हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ