arrow

बेलायतबाट फर्किए प्रधानसेनापति

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
prabhu-ram-sharmas.PNG

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्कएका छन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्रालयका सचिव किरणराज शर्मा तथा नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरे ।

बेलायतका चिफ अफ द जनरल स्टाफ पट्रिक सन्डर्सको औपचारिक निमन्त्रणामा यही असोज २१ गते उन त्यसतर्फ प्रस्थान गरेका थिए । 

बेलायत भ्रमणका दौरान प्रधानसेनापतिले बेलायती समकक्षीसँग त्यहाँको सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट गरेका थिए । 

उनले रोयल कलेज अफ डिफेन्स स्टडिजको भ्रमण गर्नुका साथै ती शिक्षण संस्थाका कमाण्डेडहरुसँग भेट गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ