arrow

अझै केही दिन मनसुन

बुधबारसम्म वर्षा, धान नकाट्न सुझाव

तीन दिन यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
mansoon.JPG

काठमाडौँ । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ । मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण पर्सी सोमबारदेखि बुधबारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ ।

 आइतबार रातिदेखि पश्चिम वायुको एक प्रणाली आउने भएकाले छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । तत्काल धान नकाट्न र काटेको भएमा आइतबारसम्ममा भित्र्याइ सक्न मौसमविद् प्रतिमा मानन्धरको भनाइ छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । 

यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिइसकेको मनसुन शनिबारदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर-पश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । 

मंगलबार सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको छ। राती कोशी, सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा हुनेछ । 

नेपालमा अक्टोबर २ तारिखमा मनसुन बाहिर सक्नुपर्ने भए पनि यस वर्ष बाहिरिइसकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ