arrow

तिहारको समयमा फूलको अभाव भएपछि पाँचथरमा कृतिम फूलको ब्यापार वढ्यो

logo
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
marigold-2.jpeg
पाँचथर। तिहारको समयमा फूलको अभाव भएपछि पूर्वी पहाडि जिल्ला पाँचथर सदरमुकाम फिदिम लगायत ग्रामिण भेगका वजारमा समेत कृतिम फूलको ब्यापार बढेको छ। यस जिल्लामा ब्यवसायिक रुपमा फूलको खेती नहुने तथा शहर वजारमा फूलको अभाव हुने,फूल उन्नुपर्ने झण्झण्ट लगायतका कारण कृतिम फूलको ब्यापार वढेको हुन सक्ने ब्यवसायिहरु बताउँछन्। 
 
फिदिमका कष्मिेटीक पसल गर्दे आएका व्यावसायी अनिल कुमार गुप्ताले भने,“तिहारको समयमा घर सिर्गान कृतिम फूल, देवी देवताको पोष्टकाड र पूजा सामाग्रीको ब्यापार अहिले बढेको छ। अहिले दैनिक ३० हजार रुपैयाको हाराहारीमा सामानहरु विक्री भइरको छ।”
 
उनका अनुसार ग्रामिण भेगमा पनि कृतिम फूल तथा पूजा सामाग्री धेरैनै गएको छ। अहिले गाउँ समेत कृतिम फूलले झिलिमिली बनेको छ। 
 
तिहारको भाइटिकाको दिन दिदी बहिनीले दाजुभाईलाई मखमली र सयपत्रीको माला लगाएर सु स्वास्थ्य,आरोग्य दीर्घायुको कामना गर्ने चलन भएपनि यस्तो फूलको अभाव हुन थालेपछि बजारमा पाईने कृतिम फूलको प्रयोग वढेको स्थानियहरु बताउँछन्।
 
तिहारको समयमा सदरमुकाम फिदिम लगायत ग्रामिण भेगको वजारमा लाखौ मूल्य वरावरको कृतिम फूलको विक्री हुने गरेको व्यावसायीहरुको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ