arrow

मनसुन बाहिरियो, हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
mansoon.JPG

काठमाडौँ ।  नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मनसुन आजदेखि बाहिरिएको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो । 

यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन शुरु गरेको थियो ।


यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको कारण आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागdf मेघ गर्जन चट्याङ वर्षाको सम्भावना रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ