arrow

ह्वाइट हाउसमा ओबामाले यसरी मनाए अन्तिम दिवावली

logo
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
Obama-ko-dipawali.jpeg

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो सरकारी निवास ह्वाइट हाउसमा दियो बालेर दीपावली मनाएका छन् । दिपावली मनाउने आफु नै पहिलो राष्ट्रपति भएको गर्व गर्ने ओबामाले सन् २००९ देखि दीपावली मनाउँदै आएका छन् ।

ओबामाको राष्ट्रपति निवासमा यो अन्तिम दीपावली हो । नोभेम्बरमा हुने राष्ट्रपति चुनावपछि ओबामाको ८ वर्षे दुई कार्यकाल सकिने छ । उनी ह्वाइट हाउसबाट  बिदा हुने छन् । ओबामाले ह्वाइट हाउसको आधिकारिक फेसबुक पेजमा दिपावली मनाएको जानकारी पोष्ट गरेका छन् ।

तस्वीरसँगै पोष्ट गरिएको सन्देशमा ओबामाले भनेका छन्, ‘अमेरिका र विश्वभर उज्यालोको पर्व मनाइरहेका सबैलाई दिपावलीको शुभकामना ।’ यस्तै, ओबामाले आफूले पत्नी मिचेलसँगै सन् २००९ देखि दीपावली मनाउँदै उल्लेख गरेका छन् ।

दीवाली की रात संयुक्त राष्ट्र मुख्यालय



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ