arrow

राजदेवी मन्दिरको प्राङ्गणमै एक लाख लुटिएको पीडितको भनाइ, सीसीटीभी हेरिँदै

logo
निरञ्जन साह,
प्रकाशित २०८० असोज २९ सोमबार
pidit-2080-06-29z.jpg

धनुषा । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरको प्राङ्गणबाट एक महिलाको रकम लुटिएको छ । सोमबार दिउँसो करिब ३ बजेको समयमा राजदेवी मन्दिरमा दर्शन एवम् घुमघामका लागि गएको बेला ब्यागसहित एक लाख रुपैयाँ पाकेटमारले लुटेको पीडितले बताएकी छिन् । 

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ९ भतही बस्ने आशा मण्डल दर्शन गर्नका लागि जनकपुर आएकी थिइन् । उनी मन्दिरमा दर्शन तथा घुमघामको लागि जाँदा समय ब्यागसहित एक लाख रुपैयाँ लुटिएको पीडितले बताइन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले भने जानकारी नभएको जनाएको छ । आयोजक समितिका राकेश विक्रम साहले घटनाबारे जानकारी भएको तथा अहिले पुष्टि नभएको बताए।

साहले सीसीटीभी हेरेर यथार्थ भन्न सकिने बताए । 

सोही क्रममा महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले राजदेवी पूजन समितिले प्रत्येक वर्ष र पटक पटक मन्दिर आउँदा बहुमूल्य गरगहना, भारी रकम बोकेर नआउन आग्रह गर्दै आए पनि दर्शालुहरुले आग्रह नमान्दा घटना हुने गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ