arrow

तीन खम्बे अर्थ नीतिलाई अवलम्बन गर्नुपर्छः मानवी

logo
प्रकाशित २०७२ मंसिर २६ शनिबार
IMG_0033.JPG.jpeg
काठमाडौं । विना विभागिय मन्त्री शान्ता मानवीले देश समुन्नत तर्फ लैजान तिन खम्बे अर्थनीतिलाई एक साथ अवलम्बन गर्नुपर्ने बताएकी छिन् ।  शनिबार सम्पन्न दिगो पर्यटन सहकारी संस्थाको ५ औं बार्षिक साधारणसभामा मन्तव्य राख्दै मानवीले आर्थिक उन्नती र गरीबी निवारणका लागि सहकारी उपयुक्त माध्यम रहेको बताईन । ‘विषेश गरी सहकारी संस्थाहरु उत्पादनमा केन्द्रित हुनुपर्छ ।’ मन्त्री मानवीले भनिन् । छरीएर रहेको पुँजीलाई एकिकृत गर्ने उपयुक्त माध्यम सहकारीनै भएको बताईन । ‘हाम्रो देश गरीबी होईन, हाम्रा चिन्तन गरीब हुन् ।’ उनले भनिन्, ‘चिन्तनबाट मुक्त भई देशलाई समृद्ध बनाउन सहकारी संघ÷संस्था लाग्नुपर्छ ।’

देशलाई उन्नती तर्फ लैजान सरकारले एउटा लक्ष्य लिएर आएको छ, त्यसलाई परिपूर्ति गर्न सबै क्षेत्रबाट भरपुर सहयोग हुनुपर्ने उनीले बताईन । कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र प्रसाद रिजालले पर्यटन व्यवसायको विस्तार, विकास, सम्वद्र्धन र प्रवद्र्धनका लागि संस्था क्रियाशिल रहेको बताए । ‘पर्यटन व्यवसाय आफैमा सहकारीताको अवधारणबाट अगाडी बढेको व्यवसाय हो’ अध्यक्ष रिजालले भने, ‘पर्यटन व्यवसायमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी संस्थाका सदस्यहरुको सामाजिक र आर्थिक, व्यवसायीक उन्नतीमा संस्था सधै लागिरहने छ ।’ संस्थाले दियो पर्यटनको आगामि ४ वर्षे कार्ययोजना बनाई सोही अनुरुप काम गरीरहेको पनि उनले बताए । 

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन आर्थिक वर्ष २०७१÷०७२ को आर्थिक प्रतिवेदन सर्वसम्बतले पारीत गरेको छ । २०६७ पौष २४ बाट कारोबार शुरु गरेको यस संस्थाको शेयर पुँजी २ करोड २२ लाख ४५ हजार ८ सय रुपैंया रहेको छ । संस्थाले आर्थिक वर्ष २०७१÷०७२ मा ८ करोड ४४ लाख २ हजार ८ सय रुपैंया बचत तथा निक्षेप संकलन गरेको थियो । संस्थाले १२ लाख १८ हजार ६ सय ७१ रुपैंया खुद नाफा आर्जन गर्न सफल भएको संस्थाका कोषाध्यक्ष विरेन्द्र बहादुर अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ