arrow

गैर आवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार : महासङ्घ अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
chandra-prasad-dhakal-2080-10-23.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र गैर आवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन्। अन्तर्राष्ट्रिय बागलुङ समाजले सोमबार राजधानीमा आयोजना गरेको बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्।

अध्यक्ष ढकालले गैर आवासीय नेपालीले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताए। ‘उद्यमशीलता विकास गर्नका लागि लगानी आवश्यक छ।’ ढकालले भने, ‘विदेशमा रहेका नेपालीसँग सहकार्य गरेर काम गर्न निजी क्षेत्र तयार छ।’ गैर आवासीय नेपालीहरूले विभिन्न परियोजनामा लगानी गरेको स्मरण गर्दै मुलुकका लागि थप लगानी आवश्यक भएकाले लगानी भित्राउन आग्रह गरे।

नेपालको निजी क्षेत्रको नेतृत्वमा रहेका ढकालले आफ्नो गृह जिल्ला बागलुङको विकासमा आफू पनि सहकार्य गर्न तयार रहेको बताएका छन्। आफू बागलुङ जिल्लाको विकट गाउँमा जन्मिएर अहिलेको अवस्थासम्म आएको बताउँदै बागलुङेहरू विदेशमा गएर सफलता प्राप्त गरेको बताए। ‘विश्वका विभिन्न मुलुकमा गएर बागलुङेहरू स्थापित भएका छन्,’ ढकालले भने, ‘अब गृह जिल्लामा पनि लगानी गर्नु आवश्यक छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ