arrow

कार्तिक २ गतेसम्म यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
weather-himalaya-2080-06-18.jpg

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक देखी सामान्य बदली रही बागमती प्रदेशको केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

आज कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका केही र तराईका एक-दुई स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरि कार्तिक ०२ गते बिहीबार पनि देशका पहाडी भू-भागका थोरै  स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागको अनुरोध छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ