arrow

भाटभटेनीमा सपिङ गर्दा टाटा टिगोर जित्ने अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
tata-tigor-2080-06-30.jpg

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्राली र नेपालको नेतृत्वदायी सुपरमार्केट कम्पनी भाटभटेनीको सहकार्यमा ग्रेट भाटभटेनी कार्निभल कार्यक्रममार्फत भाटभटेनीका ग्राहकहरुले टाटा टिगोर जित्न सक्ने भएका छन् । 

नेपालीहरुको महान् चाड दशैँ, तिहार र छठ पर्वको अवसरमा भाटभटेनीमा रु २ हजार पाँच सयको सामान किन्दा टाटा टिगोर जित्न सकिने भएको हो । दशैँको घटस्थापनाको अवसर पारेर यही असोज २८ गतेदेखि पुस २५ गतेसम्म सञ्चालन हुने सिप्रदीले जनाएको छ । 

सन् २०२४ को पहिलो साता लक्की ड्रमार्फत विजेता घोषणा गरिने पनि सिप्रदीले जनाएको छ ।

सिप्रदी भन्छ, ‘टाटा टिगोर १.२ लिटर रिभोट्रन पेट्रोल इन्जिनमा निर्मित उत्कृष्ट गाडी हो । यसमा उच्च सुरक्षा, आरामदायी र अत्याधुनिक किसिमको इन्फोटेन्मेन्ट सुविधाहरु रहेका छन् । यो कार्यक्रम देशभरका २६ वटा भाटभटेनी सुपरमार्केटमा लागू हुनेछ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ