arrow

सुरक्षा गार्डको घाँटी रेटेर जेलबाट भागेका ८ कैदी मुठभेडमा मारिए

logo
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
Vhopal-jel-news.jpeg

एजेन्सी । भारतीय राज्य मध्यप्रदेशमा अवस्थित केन्द्रीय कारागार भोपालबाट जेल तोडेर भागेका आठजना कैदी मुठभेडमा मारिएका छन् । प्रहरीका अनुसार स्टुडेन्ट्स इस्लामिक मुभमेन्ट अफ इन्डियासँग जोडिएका ती कैदी विहानै एक सुरक्षा गार्डको घाँटी रेटेर भागेका थिए ।
यसरी मुठभेडमा मारिनेमा शेख मुजीब, माजिद, खालिद, अकील खिलजी, जाकिर हुैन, शेख मेहबुब, मोहम्मद सालिक र अमजद रहेका छन् ।

डीआईजी रमन सिंहले स्थानीय पत्रकारलाई यो घटना झिसमिसे तीन बजेभित्र भएको बताएका छन् । उनका अनुसार प्रहरी आरक्षक राधेश्यामको घाँटी रेटेर उनीहरु भागेका थिए । कथित मुठभेडपछि भोपालका आइजी योगेश चौधरीले स्थानीय पत्रकारलाई यो गम्भी मामिला थियो भनेका छन् । उनले भने, ‘हामीले सुराक पाएका थियौं । खोज्दै जाँदा दुबै पक्षबीच गोलीबारी भएको हो ।’

चौधरीले उनीहरुसँग हतियार रहेको बताएका छन् । उनीहरुले प्रहरीमाथि गोली चलाए, चौधरीले भने, ‘प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर गरेको हो । मुठभेडमा ती कैदीको मृत्यु भयो ।’

प्रतिबन्धित समूसंग सिमीसँग जोडिएका उनीहरु जेलमा सिपाहीको हत्या गरेर फरार भएका मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले बताएका छन् । मन्त्री चौधरीको भनाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जेलबाट भागेका कैदी रहेको स्थान पत्ता लगाउन नागरिकले पनि सघाएको जनाएका छन् । मन्त्री चौहानले समेत मुठभेडमा उनीहरु मारिएको बताएका छन् ।

सिमी से जुड़े कैदी (पुलिस द्वारा जारी फोटो)

जेल

सिमी मुठभेड़



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ