- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन् ।
बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि मुस्ताङलाई ५० करोड रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।
मुस्ताङको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील रहेको उनको भनाइ छ ।