दाङ । तुलसीपुर दाङको तुलसीपुरमा संचालित क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाइ अभियानले भाई टीकाको दिन अञ्चल अस्पताल परिसरमा सरसफाइ गर्ने भएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाको मुख्यआयोजनामा सुरु भएको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर अभियानएघाराैँ सातामा प्रवेश गर्दा अञ्चल अस्पतालमा सरसफाइ हुन लागेको अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए ।
दर्जनौ सामाजिक संघ संस्था, विभिन्न टोल विकास समिति र सुरक्षा निकायको सहकार्यमा संचालन भइरहेको सरसफाइ अभियानले तुलसीपुरको फोहर व्यवस्थापन र सून्दरतामा उल्लेखनिय सुधार हुँदै गएको अध्यक्ष रिजालले बताए ।
उनले भने, ‘यो अभियान निरन्तर चल्ने अभियान हो जुन सुकै अवस्था र चाड पर्वको बेला पनि यो निरन्तर चलिरहन्छ ।’ उनका अनुसार एघाराैँ हप्ताको सरसफाइ अभियान तिहारको भाई टीकाको दिन परेको र मंगलबार विहान ७ बजे देखि तुलसीपुरको अञ्चल अस्पतालमा सरसफाइ अभियान संचालन हुने जानकारी उनले दिए ।
सरसफाइ अभियान एघाराैँ हप्तासम्म आइपुग्दा विभिन्न संघ संस्थाहरु, राजनितिक दल , सुरक्षा निकाय, टोल विकास संस्था, उद्योगी व्यापारीका साथै स्थानीय नागरिक समेत स्वतःस्फूर्त रुपमा सहभागि हुन थालेका छन् ।
यस्तै, आयोजक संस्था तुलसीपुर नगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघले मंगलबार हुने सरसफाई अभियानमा सहभागिताका लागि सम्पूर्ण साझेदार संघ संस्था लगायत आम नगरवासीमा उपस्थित हुन अनुरोध गरेको छ ।