arrow

बडादशैँमा मौसम सामान्यतया सफा रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
weather-2022-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दशैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ । 

महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैँमा मौसम सफा रहने बताए । “दशैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक–दुई स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ”, उनले भने ।

महाशाखाले दशैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दशैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुईस्थानमा मेघगर्जन–चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । 

शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ