arrow

रुसी विदेशमन्त्री प्योङयाङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
sergei-lavarov-russian-foreign-minister-2023.jpg

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ उत्तर कोरियाको विदेश मन्त्रालयको निमन्त्रणामा लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियाको औपचारिक भ्रमणका लागि बुधबार प्योङयाङ पुगेका छन्।

 बुधबार साँझ आयोजित स्वागत समारोहमा बोल्दै कोरियाका विदेशमन्त्री चो सन हुईले दुई देशबीचको आपसी सहयोग र घनिष्ट सहयोगलाई थप मजबुद बनाउन जोड दिएको कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएको छ । 

मन्त्री हुईले दुई राष्ट्र प्रमुखहरू बीच भएको "ऐतिहासिक सम्झौता" का आधारमा कोरिया र रुसले लाभरोभको भ्रमणलाई आफ्नो व्यापक र रचनात्मक सम्बन्धलाई उच्च स्तरमा विस्तार गर्न प्रयोग गर्ने विश्वासा व्यक्त गरे । 

लाभरोभले दुई राष्ट्र प्रमुखबीच हालै भएको भेटवार्ताले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई आफ्ना जनताको हितअनुरूप बृहत् रणनीतिक सम्बन्धमा विकास गर्ने इच्छा देखाएको पनि उल्लेख गरेका छन् । 

कोरियाको वर्कर्स पार्टीका महासचिव र उत्तर कोरियाको राज्य मामिलाका अध्यक्ष किम जोङ उनले सेप्टेम्बरमा रुसको भ्रमण गरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ