arrow

देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो : शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
Shekhar koirala biratnagar.jpg

मोरङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले कोशी प्रदेशको तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी प्रदेशसभा सदस्य कार्कीको नेतृत्वमा सरकार निर्माण गरिएको दाबी गरेका हुन् ।

उनले कोशी प्रदेश सरकार गठनबाट सङ्घीय र बागमती सरकारलाई कुनै असर नपर्ने बताए ।

कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने बताउँदै नेता कोइरालाले आवश्यकताअनुसार तिहार अगाडि सरकार विस्तार हुने जानकारी दिए । 

उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नहुनु संवैधानिक त्रुटी भएको टिप्पणी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ