रसुवा । धुन्चे गाविस–४ भिमली गाउँमा आज आगलागी हुँदा दुई घर जलेका छन् । स्थानीय आइतराम तामाङ र मसिनो तामाङको घर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागी भएको खबर पाएलगत्तै लामटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको नारायण दलका गणपति प्रमुख सेनानी विक्रम गुरुङको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो निभाएको छ ।