विराटनगर । मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको सोमबार राति मोरङको लेटाङभोगटेनीमा हत्या भएको छ।
राति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा विवाद हुँदा खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको हत्या भएको हो।
खुकुरी प्रहारले सख्त घाइते भएका दुवैजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मंगलबार बिहान साँढे ३ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक गणेशमान श्रेष्ठले जानकारी दिए।
घटनाको कारण र खुकुरी प्रहार गर्नेको पहिचान हुन नसकेकाले यसबारे अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। रासस