arrow

चिकित्सा शिक्षा ऐन संशोधन प्रक्रियामा : मन्त्री बस्नेत

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
Mohan Bdr Basnet kaski.jpg

कास्की । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा रहेको बताएका छन् । 

नेपाल किसान महासङ्घले पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि ऐन संशोधन गरेर अगाडि बढ्ने बताए । 

उनले भने, “चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ । यसलाई प्रधानमन्त्री र पार्टीका नेताले सकरात्मक रुपमा लिनुभएको छ । संशोधन प्रक्रिया अघि बढिसकेको छ ।’ 

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्न कठोर नीति अवलम्बन गरिएको बताए । 

उनले स्वास्थ्य क्षेत्रको सुधारका आफू प्रतिबद्ध रहेको दोहोर्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ