बंगलादेशमा हिन्दुका घर र मन्दिरमा आक्रमण, आगजनी र कुटपीट पनि
प्रकाशित २०७३ कार्तिक १६ मंगलबार
1.4k
Shares
एजेन्सी । बंगलादेशमा सामाजिक संजाल फेसबुकमा इस्लामविरोधी स्टाटस पोस्ट गरेको भन्दै आक्रोशित एक समूहले हिन्दु समुदायका घर र मन्दिरमा तोडफोड गरेको छ । बंगलादेशको ब्राह्मणबरिया जिल्लाको नासिरनगरमा उपद्रो मच्चाउने एक समूहले अल्पसंख्यक हिन्दुहरुका घर र मन्दिरलाई निशाना बनाएको हो ।
नारिसर नगरका प्रहरी प्रमुख अब्दुल कादेरलाई उदृत गर्दै बीबीसीले त्यहाँ रहेको हिन्दु समुदायका नागरिकका कम्तिमा पनि २० वटा घर जलेका जनाएको छ । यस्तै, कम्तिमा १० वटा मन्दिरमा तोडफोड र लुटपाट भएको छ ।
मुस्लिम बाहुल्य बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि यस किसिमको आक्रमण नयाँ घटना नभए पनि यो हिन्दुहरुले आफ्नो महान चाड तिहार बनाइरहेका बेला भएकाले यसको पछाडि कारण रहेको अड्कल गरिएको छ । अधिकारीहरुका अनुसार हिन्दु समुदायका कैयौ व्यक्तिलाई तोडफोड गर्ने समूहले कुटपीट समेत गरेको छ ।