arrow

प्रधानसेनापति शर्मालाई सुटुक्क भेटेर फर्कियो चिनियाँ सैन्य टोली

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
Prabhuram-sharma-army-chief.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल आएको चिनिया सेनाको टोली शुक्रबार स्वदेश फर्केको छ । नेपाली सेनासँगको अनौपचारिक भेटघाट र एक दिनको पोखरा बसाईपछि चिनियाँ सेना स्वदेश फर्केको हो । 

प्रधानसेनापति प्रभुराम शर्मा कात्तिक १० गतेदेखि चीन भ्रमणमा जाँदैछन् । उनी कात्तिक १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । त्यसअघि चिनियाँ जनमुक्ति सेनाको एउटा उच्चस्तरीय टोली काठमाडौँ आएर प्रधानसेनापतिको चीन भ्रमण र सैन्य सहयोगबारे अनौपचारिक छलफल गरेको थियो ।  

बुधबार दिउँसो काठमाडौँ आइपुगेको सो टोलीले बुधबार नै नेपाली सेनाका उच्च अधिकारीहरुसँग छलफल गरेको र त्यसपछि पोखरा पुगेर शुक्रबार चीन फर्केको स्रोतले जनाएको छ । 

जनसेनाका कर्नेल तथा चिनियाँ सेनाको मुख्यालयस्थित स्टाफ विभागका उपनिर्देशक हुवाङ यानहुई नेतृत्वको टोलीमा अन्य तीन जना सैनिक अधिकृत नेपाल आएका थिए ।   

नेपाल आएको टोलीमा कर्नेल याङ ले, कर्नेल फाङ सिआङ, सेकेण्ड लेफ्टिनेन्ट लोङ चेनसेङयु पनि रहेको सैनिक स्रोतले जनाएको छ । 

गत साउनमा पनि चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली नेपाल आएको थियो । 

त्यतिबेला आएको टोलीले सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल गरेको थियो । अहिले आएको टोलीले पनि नेपाली सेनासँग आन्तरिक सम्बन्ध विस्तार, सैन्य समाग्रीको सहयोग लगायतका विषयमा छलफल गरेको बताइएको भए पनि चिनियाँ सेना आएको विषयलाई नेपाली सेनाले गोप्य राखेको छ । 

‘प्रधानसेनापतिसँग चीन भ्रमण र चिनिया सेनाले उपलब्ध गराउने सैन्य सामग्रीबारे छलफल भएको छ’, सैनिक उच्च स्रोतले भन्यो । 

नेपाली सेनाले चीनबाट ल्याउन लागेको ६ अर्ब बराबरको एपीसी र ७२ वटा टयाक्टिल भेइकल खरिद गर्ने निर्णय हाल रोकिएको छ । 

सेनाले अमेरिका र पश्चिमा मुलुकले प्रतिबन्ध लगाएको चिनियां कम्पनी नोरिन्कोबाट उक्त हतियारसहितको एपीसी, गाडी र गोली खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो । 

सेनाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि उक्त सम्झौता गर्न खोजेको भए पनि हालसम्म रोकिएको छ । 

सो विषयमा पनि छलफल भएको सैनिक स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ