- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बिहानै धादिङ केन्द्रविन्दू भएर भूकम्प गएको छ । धादिङको खरी केन्द्रविन्दू भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए ।
बिहान ७ः३९ बजे भूकम्प गएको हो । यो भूकम्पले काठमाडौँ उपत्यकामासमेत हल्लाएको थियो ।
त्यस्तै आपसपासका जिल्लामासमेत असर परेको छ । भूकम्पको धक्का रुपन्देहीसम्म पनि महसुस गरिएको थियो ।
ठूलै धक्का भएकाले यसले ठूलै असर पार्नसक्ने अनुमान गरिएको छ ।
यसअघि गत असोज १६ गते बझाङमा केन्द्रविन्दू भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । जसका कारण साना ठूला गरी ६०१ ओटा पराकम्पन आएका थिए ।