arrow

भूकम्पले दिनभर धादिङ हल्लायो, अहिलेसम्म एक सय २५ पराकम्पन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
earthquake-dhading-2080-07-.jpg

काठमाडौं । धादिङ जिल्लामा आइतबार बिहान गएको भूकम्पपछि निरन्तर पराकम्पन आउने क्रम जारी रहेको छ । बिहान ७ः३९ बजे खरीमा केन्द्रविन्दू भएर आएको ६.१ रेक्टर स्केलको भूकम्पपछि निरन्तर साँझ ५ बजेसम्म १२५ ओटा पराकम्पन आइसकेका छन् । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा मुकुन्द भट्टराईका अनुसार साँझ ५ बजेसम्म १२५ ओटा पराकम्पन आइसकेका हुन् । बिहान शुरुआतमा गएको भूकम्प भने २०७२ सालको गोरखा भूकम्पको पराकम्पन हो । 

त्यसपछि आएका पराकम्पनहरु भने त्यही शुरुआतमा आएको गोरखा भूकम्पको पराकम्पनका पनि पराकम्पनहरु हुन् । 

बिहानको पहिलो धक्कापछि आएका पराकम्पनमा ४ रेक्टर स्केलदेखि माथिका चार ओटा आइसकेका छन् । जसमा बिहान ८ः०८ मासल्यानटार केन्द्रविन्दूको ४.२ रेक्टर स्केलको, ८ः२८ मा गैरिपाटा केन्द्रविन्दू भएर आएको ४.३ रेक्टर स्केलको, ८ः५९ बजे गैरिपाटा नै केन्द्रविन्दू भएर आएको ४.१ रेक्टर स्केलको र अपरान्ह ४ः०३ बजे अरुणचोक केन्द्रविन्दू भएर आएको ४.४ रेक्टर स्केलको पराकम्पन हुन् । 

यो क्रम अझै भइरहने डा. भट्टराईले बताए । 

यसअघि बझाङमा गत असोज १८ गते गएको ६.३ रेक्टर स्केलको भूकम्पका अहिलेसम्म छ सय बढी पराकम्पन आइसकेका छन् । 

धादिङ भूकम्पले कम्तीमा दुई दर्जन घर भत्किएका छन् भने सात दर्जन घर चर्किएका छन् । यद्यपि यसको पूर्ण विवरण आउन बाँकी छ । यो भूकम्पको धक्का पूर्वमा सिन्धुपाल्चोकसम्म र पश्चिममा रुपन्देहीसम्म महसुस गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ