arrow

जनकपुरको राजदेवी मन्दिरमा हजारौँ बोकाको बलि

logo
निरञ्जन साह,
प्रकाशित २०८० कार्तिक ६ सोमबार
rajeshori-bali.jpg

धनुषा । जनकपुरधामको मुख्य शक्तिपिठ राजदेवी मन्दिरमा हजारौँ बोकाको बलि दिइएको छ । 

मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बलि दिइएको हो । 

आइतबार राति ८ बजेर २० मिनेटबाट बोकाबलि शुरु र सोमबार बिहान ४ बजे ५ मिनेट सम्म यति सङ्ख्यामा बोकाको बलि दिइएको हो ।

बलि चढाउन मन्दिर परिसरमा सयौँ स्वयंसेवक परिचालन गरिएको थियो । 

उनीहरू ४ वटा ठेलामा बोकाको बलि चढाए एक मिनेटमा करिब ३० वटासम्म बलि चढाइएको छ ।

यति धेरै सङ्ख्यामा बलि चढ्दा मन्दिर परिसर भने रगतले रङिएको छ । 

अहिले सरसफाइको काम भइरहेको आयोजकले जनाएको छ ।

यस वर्ष जनकपुरधाम उपमहानगरपालिकाले चढाइएको बोकाको व्यवस्थापनका लागि प्लास्टिकको बोराको व्यवस्था गरिदिएको थियो । 

बोका चढाइएपछि सो बोरामा हालेर बोका धनीलाई जिम्मा लगाउने व्यवस्था गरिएको श्री महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए।

निशा पूजा सम्पन्न भएपछि बोकाबलि दिइएको हो । 

सो अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जनकपुरधामका मेयर मनोज कुमार साह, निवर्तमान मेयर लाल किशोर साह, वर्तमान उपप्रमुख किशोरी साह मन्दिर पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ