arrow

भोपाल मुठभेड : एकै साथ मारिएका ८ कैदीबारे सरकारले छानविन गर्न मानेन

logo
प्रकाशित २०७३ कार्तिक १६ मंगलबार
Bhopal-ghatana-new-n.jpeg

एजेन्सी । भारत मध्य प्रदेशस्थित केन्द्रीय कारागार भोपालमा सोमबार भएको मुठभेडबारे सरकाले अनुसन्धान गर्न अस्वीकार गरेको छ । भोपालमा प्रतिबन्धित संगठन सिमी कार्यकर्तासंग भएको कथित मुठभेडको नेशनल इन्भेष्टिगेशन एजेन्सी एनआईएले छानविन नगर्ने भएको हो ।
मध्य प्रदेशका गृहमन्त्री भूपेन्द्र सिंहले भनेका छन्, ‘एनआईए केवल सिमी सदस्यहरु जेलबाट भागेको विषयको छानविन गर्ने छ ।’

राज्य सरकारले मुठभेडको छानविन गर्न अस्वीकार गरे पनि राष्ट्रिय मानवअधिकार आयोगले आठ विचाराधिन कैदी प्रहरी मुठभेडमा मारिएकोबारे मध्य प्रदेशका मुख्य सचिव, डीजीपी, कारागारका डीजी र प्रहरी प्रमुख आईजीलाई नोटिस जारी गरेको छ । मानव अधिकार आयोगले छ हप्ता भित्र जवाफ दिन भनेको छ ।

प्रदेशका गृहमन्त्री सिंहले जुन् परिस्थितिमा मुठभेड भयो, त्यसको पूर्ण जानकारी प्रहरीले दिइसकेको भन्दै अब धेरै बोल्न आवश्यक नरहेको बताएका छन् । मुख्यमन्त्री शिवराज सिंह चौहानले पत्रकार सम्मेलनमा सोमबार सिमी सदस्यहरु जेलबाट भागेको र मुठभेड भएकोबारे एनआर्र्ईएले जाँच गर्ने छ भनेका थिए ।

प्रहरी र सिमी कार्यकर्ताबीच भएको मुठभेडलाई लिएर सामाजिक संजालमा व्यापक चर्चा सुरु भएको छ । ६ वटा भन्दा बढी भिडियो आएपछि प्रहरीले गरेको मुठभेडको जिकिरमाथि शंका उब्जिएको बताइएको छ । सोमबार झिसमिसेमा केन्द्रीय कारागार भोपालबाट जेल तोडेर भागेका आठजना कैदी र प्ररीबीच मुठभेड हुँदा भागेकाहरु सबै मारिएको पुष्टी भएको थियो ।

प्रहरीका अनुसार स्टुडेन्ट्स इस्लामिक मुभमेन्ट अफ इन्डियासँग जोडिएका ती कैदी विहानै एक सुरक्षा गार्डको घाँटी रेटेर भागेका थिए । यसरी मुठभेडमा मारिनेमा शेख मुजीब, माजिद, खालिद, अकील खिलजी, जाकिर हुैन, शेख मेहबुब, मोहम्मद सालिक र अमजद रहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ