arrow

काठमाडौं प्रवेश गर्नेहरुमाथि नाकामा उच्च सुरक्षा चेकजाँच

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
Police_checking.jpeg

काठमाडौं । प्रहरीले काठमाडौं प्रवेश गर्नै सीमा नाकाहरूमा उच्च् सुरक्षा चेकजाँच गरेको छ । बिहानैदेखि आज हुन लागेको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको लागि भनेर उच्च सुरक्षा सतर्कता अपनाईएको प्रहरीहरूले जानकारी दिएका छन् । 

काठमाडौं प्रवेश गर्ने कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका क्षेत्रमा विशानैदेखि उच्च सुरक्षा सतर्कता अपनाईएको छ । ललितपुर जिल्लाबाट काठमाडौै प्रवेश गर्ने नाकाहरू च्यासल फुटबल मैदान नजिकै, थापाथली, शंखमूल लगायतका मुखर्जीले यत्रा गर्ने बाटो आसपासको क्षेत्र प्रवेश गर्नै नाकाहरूमा उच्च सुरक्षा कडाई गरिएको छ । 
 
‘माथिको आदेश पालना गरेका हौं’ च्यासल मैदन नजिकैको सीमानाकामा चेकिङमा कार्यरत एक प्रहरीले भने ‘झोला, शरीर सबै चेकिङ गर्नु भन्ने माथिको आदेश छ ।’ प्रहरीले शरीर स्क्यान गर्ने मेसिनको प्रयोगले सबै नाका प्रवेशगर्ने सवारीलाई चेकिङ गर्ने गरेको छ । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको मुखर्जीको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतका राष्ट्राध्यक्षको भ्रमण हुँदा सुरक्षालाई हामीले मुख्य प्राथमिकता भएकाले त्यसको जिम्मेवारीका साथ सम्पूर्ण तयारी पूरा गरिएको परराष्ट्रमन्त्री प्रकाशशरण महतले जानकारी दिए  ।
 
मुखर्जीको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेकोे छ । अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले वि.सं २०५५ जेठ १४ गते नेपाल भ्रमण गरेका थिए ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ