- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनको प्रहरीले छ करोड युरो (छ करोड ४० लाख अमेरिकी डलर) भन्दा धेरै मूल्यको सदियौँ पुरानो सुनका कलाकृतिहरू बरामद गरेको बताएको छ । प्रहरीका अनुसार ती आभूषण चोरी गरेर अवैध रूपमा युक्रेनबाट बाहिर लगिएको थियो ।
हार, ब्रेसलेट र झुम्कासहित ११ वटा टुक्रा सन् २००९ र सन् २०१३ को बीचमा किएभ सङ्ग्रहालयमा प्रदर्शन गरिएको थियो र सन् २०१६ भन्दा पहिला युक्रेनबाट तस्करी गरेर ल्याइएको प्रहरीले एक विज्ञप्तिमा बताएको छ । प्रहरीका अनुसार ती सामग्री ईसापूर्व आठौँ र चौथो शताब्दीबीचको भएको अनुमान गरिएको छ ।
तीन स्पेनी र दुई युक्रेनी नागरिक (तीमध्ये एक अर्थोडक्स चर्चका पादरी) लाई कारबाहीका हिस्साका रूपमा गिरफ्तार गरिएको थियो । उक्त चर्चलाई युक्रेनका साथै अल्बानिया, बुल्गेरिया, प्रस्टाइ र उत्तरी मेसेडोनियामा अधिकारीहरूको सहयोगमा सञ्चालन गरिएको थियो ।
प्रहरीका अनुसार कलाकृतिहरू युक्रेनी अर्थोडक्स चर्चका हुन् भन्ने देखाउनका लागि अङ्ग्रेजी, युक्रेनी र स्पेनी भाषामा नक्कली कागजात बनाइएको थियो ।
“यी यस्ता टुक्राहरू हुन् जसलाई लिलामी घरजस्ता सामान्य कानूनी माध्यमबाट बेच्न सकिँदैन”, प्रहरी प्रवक्ता अना रामोनले भने ।
सन् २०२१ मा एउटा टुक्रा भेडाको टाउको भएको सुनको बेल्ट म्याड्रिडमा एक व्यापारीलाई विक्री गरिएपछि प्रहरीले आफ्नो अनुसन्धान सुरु गरेको थियो ।
उक्त अनुसन्धानबाट अन्य १० वटा कलाकृति प्राप्त भयो जसलाई प्रहरीले गत महिना संदिग्धहरूबाट बरामद गरेको थियो । ती टुक्राहरूको अध्ययन स्पेनको राष्ट्रिय पुरातत्त्व सङ्ग्रहालय र मुलुकको संस्कृति सम्पदा संस्थानले गरिरहेका छन् ।