arrow

राजनीतिक वार्ताबाट मात्र यमनमा शान्ति सम्भव छ :चीन

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
china-news-@.jpg.jpeg
संयुक्त राष्टसंघ। एकजना चिनियाँ वरिष्ठ कूटनीतिज्ञले यमनमा दिगो शान्ति राजनीतिक वार्ताबाट मात्र सम्भव रहेको जानकारी दिएका छन्। उनले भनेका छन्, यमनमा दिगो शान्ति जतिसक्दो चाँडो आवश्यक छ र त्यो रानजीतिक वार्ताबाट मात्र सम्भव छ।
 
एकजना चिनियाँ वरिष्ठ कूटनीतिज्ञ उ हाइताउले सो धारणा राखेका हुन्। उनी संयुक्त राष्टसंघीय नियोगका लागि चिनियाँ उपप्रमुख प्रतिनिधि हुन्। उनले भने हामीले यमनी सरकारलाई त्यहाँ रहेका सबै राजनीतिक दलहरुलाई प्रतिबन्ध फुकुवा गर्न र वार्ताका लागि सबैलाई आह्वान गर्न आग्रह गरेका छौँ, उनले भने।
 
यमनमा विगतका केही वर्षदेखि विद्रोह सुरु भएको छ। सो विद्रोहको अन्त्यका लागि विभिन्न समयमा प्रयासहरु जारी छन्। तर सम्भव भएको छैन। यमनमा हुथी विद्रोहीहरुको विद्रोहका कारण ठूलो संख्यामा नागरिक हताहति भएको छ। रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ