arrow

यस्तो छ मुखर्जीको नेपाल भ्रमणको तीनदिने कार्यक्रम (तालिका सहित)

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
Pranab-Mukherjee-new.jpeg
काठमाडौं । भारतीय राष्ट्रपति प्रवण मुखर्जीको असन्न नेपाल भ्रमण केहीबेरबाट सुरू हुँदैछ । ३ दिने नेपाल भ्रमणको लागि मध्याह्न १२ः३० बजे नेपाल आईपुग्ने कार्य तालिका रहेको मुखर्जीले उच्च राजनीतिक भेटघाट सहित विभिन्न स्थानको भ्रमण गर्नै कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 
 
मन्त्रालयका अनुसार बुधबार दिउँसो नेपाल आएपछि मुखर्जीको पहिलो दिन उच्च राजनीतिक भेटघाटमा नै समय वित्ने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार उनलाई स्वागतगरेसँगै दुई राष्ट्रपतिबीच शितलनिवासमा पुगेर दुईपक्षीय भेटघाट हुनेछ । 
 
त्यस्तै, दुईपक्षीय भेटपछि मुखर्जी भारतीय दूतावासले आयोजना गरेको रिसेप्सनमा भागलिने कार्यक्रम रहेको छ । त्यसपछि उनी लाग्नेछन् होटल हायातमा । उनले त्यहाँ उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटघाट हुनेछ । 
 
त्यसपछि सोल्टी होटलमा राष्ट्रविद्यादेवी भण्डारीले दिने स्टेट बैङ्क्विटमा सहभागी हुँदै पहिलोदिनको नेपाल भ्रमणको औपचारिक कार्यक्रम अन्त्य हुने परराष्ट्रले जनाएको छ । 
 
यस्तो छ भारतीय राष्ट्रपतिको दोस्रो र तेस्रो दिनको औपचारिक कार्यक्रमको तालिका  : 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ