arrow

टीकाको दोस्रो दिन यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
weather-himalaya-2080-06-18.jpg

काठमाडौँ । आज टीकाको दोस्रो दिन पनि मौसम सफा रहने छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार  हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ