काठमाडौं। सूचना बिभागले पहिलो पटक फोटो पत्रकारलाई ज्याकेट प्रदान गरेको छ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको तस्वीर कैद गर्न जाने फोटो पत्रकारहरूलाई सूचना विभागले ज्याकेट प्रदान गरेको हो। यो ज्याकेट पहिलो पटक ४३ जना फोटो पत्रकारले प्राप्त गरेको सूचना विभागले जनाएको छ। अहिले पत्रकारलाई लाइनमा राखेर सुरक्षा जाँच गरी भित्र प्रवेश दिईएको छ।
सुचना विभागका कर्मचारीहरु अहिले पत्रकारको समन्वयकोलागि सक्रित्य रहेका छन्। पत्रकारको समन्वयको लागि मात्रै ४ जना कर्मचारी खटिएका छन्।