भारतीय राष्ट्रपति मुखर्जी सवा १२ बजे काठमाडौं पुग्दै, विमानस्थल ४५ मिनेट बन्द
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
1k
Shares
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी केही बेरमा नेपालको तीन दिन राजकीय भ्रमणमा काठमाडौं आउँदै छन् ।
राष्ट्रपति मुखर्जी विशेष विमान मार्फत दिउँसो सवा १२ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने एयर ट्राफिक कन्ट्रोलले जनाएको छ । मुखर्जीको आवागमनलाई ध्यान दिई विमानस्थल ४५ मिनेट बन्द गरिएको छ ।
मुखर्जीको सवारीलाई मध्यनजर गर्दै विमानस्थल र काठमाडौंको सुरक्षा व्यवस्था र सवारी व्यवस्थापनमा कडाई गरिएको छ । मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्ने कार्यक्रम छ ।
त्यसलगत्तै मुखर्जी शीतल निवास गई समकक्षी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् । मुखर्जीको सवारीलाई केन्द्रित गरी काठमाडौंका मुख्य सडक खाली गरिएको छ भने चार घेरामा सुरक्षा व्यवस्था गरिएको छ ।