काठमाडौं। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतको लागि काठमाडौं उपत्यकाको भित्रीभागमा उच्च सुरक्षा सतर्कता अपनाएको छ। मुखर्जी हिँड्ने बाटोमा कफ्र्यू लगाएउजस्तोगरी सुनसान बनाईएको छ भने दुबै तर्फ सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती रहेको छ। विमानस्थलमा पनि अहिले बाक्लो सुरक्षा अपनाईएको छ।