काठमाडौं। भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी देवी भण्डारीले स्वागत गरेकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले समेत स्वागत गरे। सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरु उपस्थित रहे। सेनाले मुखर्जीको सम्मानमा गारत अर्पण गर्याे।
नेपाली सेनाले भारत र नेपालको राष्ट्रिय गानको धुन बजाउँदै सम्मान गारत अर्पण गरेको हो। मुखर्जी राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएको छ। १८ वर्षपछि भारतीय राष्ट्रपतिको यो पहिलो भ्रमण हो। भारतका शक्तिशाली विभिन्न मन्त्रालयमा काम गरेका मुखर्जी भारतका १३औं राष्ट्रपति हुन्। राष्ट्रपति मुखर्जी त्रिभुवन विमानस्थलबाट सोझै शीतल निवास गएका छन्।
मुखर्जीले शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि राष्ट्रपति भण्डारीले शीतल निवासमा राजकीय भोज आयोजना गर्ने बताइएको छ। भने साँझ प्रधानमन्त्री दाहालले मुखर्जीको सम्मानमा रात्रिभोज गर्ने कार्यक्रम छ।