- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इजरेल । इजरेली बन्धकहरूका परिवार र उनीहरूका आफन्तहरूले उपचारका लागि रेडक्रसका कर्मचारीहरूलाई भेट गर्न दिन आग्रह गरेका छन् ।
‘हामी रेडक्रस कहाँ छ भनेर हेर्न चाहन्छौँ। हामीलाई थाहा छ रेडक्रस गाजामा छ, त्यसैले हामी संसारलाई रेडक्रसलाई गएर हाम्रो परिवारमा के भइरहेको छ भनेर हेर्न भन्न चाहन्छौँ’, मेरभ मोर रविभले भने ।
गाजामा हमासले आक्रामण गरे पछि उनकी छोरी पनि अपहरणमा परेकी छिन्, जसमा उनका काका र काकी पनि रहेका छन् ।
हमास हमलाका क्रममा अपहरण गरिएका बन्धकहरूका अन्य चार आफन्तले पनि उक्त आग्रह गरेको अलजजिराले उल्लेख गरेको छ ।
‘हमासले हाम्रो परिवारलाई हेर्न र भेटन अझै दिइरहेको छैन। त्यसकारण हामीलाई तपाईं (रेडक्रस) को मद्दत चाहन्छौँ’, बन्धकहरूमध्ये एककी छोरी मायन सेगल कोरेनले भनिन् ।
रोयटर्सका अनुसार बन्धकहरूका आफन्तहरूले इजरायलको परराष्ट्र मन्त्रालयको सहयोगमा युरोपेली सहरहरूको भ्रमण गरिरहेका छन्, उनीहरूको मुद्दा अन्तर्राष्ट्रिय समुदायमा पुर्याउनका लागि उनीहरु युरोप निस्केका हुन् ।