arrow

मुखर्जीको नेपाल भ्रमणलाई भारतीय संचारमाध्यमले गरे बेवास्ता

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
hundustan-times-news.jpeg

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई भारतीय संचारमाध्यमले बेवास्ता गरेका छन् । नाम चलेका कुनै पनि संचारमाध्यमले मुखर्जी नेपाल आएको समाचार सम्प्रेसण गरेनन् ।

भारतीय राष्ट्रपतिसँगमात्रै दुई गाडी पत्रकार नेपाल आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालली संचारमाध्यम अघि प्रत्यक्ष प्रशारण गरेका भारतीय संचारमाध्यमले राष्ट्रपतिको भ्रमणको समाचारलाई कम महत्व दिएका छन् ।

केही संचारमाध्यमले राष्ट्रपतिको भ्रमण भन्दा राजनीतिक पार्टीका नेतासँग हुने भेटलाई जोडेर समाचार बनाएका छन् । हिन्दुस्तान टाइम्सको अनलाइ पोर्टलले ‘प्रणव मुखर्जीको नेपाल यात्रा व्यक्तिगत इच्छा, राजनीतिक उद्देश्य पूर्ती’ शीर्षक दिएर प्रशान्त झाले खेलेको आलेख पाेष्ट गरेकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ