arrow

टीकाका दिन जन्मिए २० शिशु

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
baby-hand.png

चितवन । सबैतिर दशैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए ।
 
अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार दशैँको टीकाका दिन पनि चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाइकर्मी निरन्तर काममा खटिएका थिए । 

टीकाका दिन छ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो भने अन्यको साधारण प्रसूतिबाटै बच्चा जन्मिएको थियो । युसैगरी नवमीका दिन २० जनाले बच्चा जन्माएकामा आठ जनाको शल्यक्रिया गरिएको थियो । 

अष्टमीका दिन १७ जनाले शिशु जन्माएकामा चार जनाको शल्यक्रिया गरिएको थियो । फूलपातीका दिन यो सङ्ख्या ३४ जना पुगेको थियो । तीमध्ये सात जनाको शल्यक्रिया गरिएको प्रमुख पोख्रेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ