arrow

महासचिव गुटेरेस पोखरा पनि आउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ११ शनिबार
antonio_guterres-new.jpg

पोखरा । नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पोखरा पनि आउने भएका छन् ।

उनको भ्रमण तालिकामा पोखरासँगै गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि समेटिएको बताइन्छ । उनी पोखरा आउने दिन र समय तय हुन बाँकी छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा नेपाल आउन लागेका महासचिव गुटेरेस कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको भ्रमण गर्ने कार्यतालिका छ ।

भ्रमणका क्रममा महासचिव गुटेरेसले ३० अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग कुराकानी गर्ने कार्यक्रम छ ।

महासचिवका साथमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर-हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसंघको टोली पनि सहभागी हुने बताइन्छ । 

भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ