arrow

सुर्खेतमा प्रहरी चौकीमा आक्रमण, लुटिएका हतियार र आक्रमणकारी खोज्दै प्रहरी

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
Nepali-Police-new-hologram.jpeg

सुर्खेत । एक प्रहरी जवानसँग भएको विवादमा पूर्ववर्ती सुर्खेतको काफलकोटका युवाले स्थानीय आग्रीगाउँ प्रहरीचौकीमा आक्रमण गरी हतियार लुटेका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेकोे सुर्खेत प्रहरीले जनाएको छ ।

काफलकोट–५, तिमिलसिनीका दीलिप सिंह, रविन्द्र सिंह, कुवेर सिंहलगायत ११ जनाको समूहले आक्रमण गरेको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा तिलक सिंह, केशव सिंह, प्रेम खत्री र तीर्थबहादुर खत्रीलगायत छन् ।

स्थानीयका अनुसार मंगलबार साँझ ५ बजे देउली बजारमा प्रहरी जवान नरबहादुर विक र गाउँका युवाबीच केटीको विषयमा विवाद भएको थियो । विवादपछि करिब ६ बजेतिर विवाद गर्ने व्यक्तिले ठूलो समूह बनाएर प्रहरी चौकीविरुद्ध उत्रेका बताइँदै छ ।

आक्रमणकारी समूह चौकीमा पुग्दा असई मनोज आलेको कमाण्डमा चारजना प्रहरीमात्र थिए । घटनापछि सुर्खेत प्रहरी प्रमुख एससी मोहन कुमार आचार्यसहित ४४ जनाको टोली घटनास्थलतर्फ गएको सुर्खेत प्रहरीको संचार शाखाले जनाएको छ ।

मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी माधव नेपालले आक्रमणकारी समूहले दुई थान थ्रिनट थ्रि राइफल, एक थान चाइनिज पेस्तोल र दुई सय राउण्ड गोली लुटेका जानकारी दिएका छन् । लुटिएकामध्ये ८ राउण्ड पेस्तोलको गोलीबाहेक सबै हतियार बरामद गरिसकिएको डिआइजी नेपालले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ