arrow

भारतले गरेको सहयोगप्रति आभार : प्रधानमन्त्री दाहाल

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
dahal-india-new.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपतिको भ्रमणले आपसी सम्बन्ध अझ बलियो हुने बताएका छन् । इन्डियन फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान नेपाल, नेपाल सेन्टर फर कन्टेम्प्रोररी स्टडिज्ले संयुक्तरुपमा वुधबार गरेको ‘नेपाल–भारतबीच पहिलो बहुपक्षीय सम्वादः नयाँ अनुसन्धान’ विषयक दुई दिने गोष्ठीको उद्घाटन गर्दै दाहालले दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको चर्चा गरे ।

“नेपाल भारतबीच औपचारिक सम्बन्ध मात्र छैन, जनता–जनताबीच सम्बन्ध छ, धार्मिक तथा सांस्कृतिक सम्बन्ध छ, दुई देशको विकासका लागि सहकार्य छ, यसरी हेर्दा दुई देशबीच बहुआयामिक सम्बन्ध छ, भारतीय राष्ट्रपतिको भ्रमणले थप बलियो बनाउने विश्वास छ”–प्रधानमन्त्री दाहालले भने ।

नेपाल प्राकृतिक सम्पदाले निकै धनी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भारतले नेपालको प्राकृतिक स्रोतको सदुपयोग गर्न विकासका लागि सहयोग गरेकोप्रति प्रशंसा गरे । प्रधानमन्त्री दाहालले नेपाल–भारतबीच गहन सम्बन्ध भएकोमा खुशी व्यक्त गर्दै भारतले नेपालको जलविद्युत आयोजना, विभिन्न भौतिक संरचना, सडक तथा पूर्वाधार निर्माणमा गरेको सहयोगप्रति आभार प्रकट गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ